एमाले निकट विद्यार्थी संघले सरकारले ल्याएको विधेयक विरुद्ध त्रिचन्द्रमा प्रदर्शन गरेको छ ।
सरकारले रेशम चौधरीलगायतलाई उन्मुक्ति दिन अध्यादेश ल्याएको भन्दै अनेरास्ववियुका विद्यार्थीले प्रदर्शन गरेका हुन्।
सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी, मोहमद आलम लगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याएको भन्दै विरोधप्रदर्शन गरेका हुन् ।
आज बिहान त्रिचन्द्र कलेज अगाडि अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा विद्यार्थीले प्लेकार्डसहित नाराबाजी गरेका थिए । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेका छन् ।
