अभिनेत्री नोरा फतेहीले ज्याकलिन फर्नान्डिजविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन्।
उनले दिल्ली पटियाला हाउस कोर्टमा मानहानीको मुद्दा हालेकी हुन्। ज्याकलिनले आफ्नो इमेज खराब गर्न खोजेको भन्दै यस्तो मुद्दा दर्ता गराएकी हुन्।
नोरा फतेहीले आफ्नो निवेदनमा भनेकी छन्,’ज्याक्लिन फर्नान्डिसले उजुरीकर्तालाई आपराधिक रूपमा बदनाम गर्न खोजेकी थिइन्, आफ्नो स्वार्थलाई अगाडि बढाउनको लागि उनको क्यारियरलाई नष्ट गर्नको लागि, किनकि तिनीहरू दुवै एउटै उद्योगमा काम गरिरहेका छन् र अन्य कारणहरूका साथै समान पृष्ठभूमि भएका छन्।’
साथै उनले सुकेश चन्द्रशेखरसँग नोराले गिफ्ट लिएको ज्याकलिनले बताएकी छिन्। उनीहरु दुवैलाई सुकेश मनी लाउन्ड्रिङ केसमा प्रहरीले बयान लिएको छ। अहिलेसम्म यस विषयको टुंगो लागेको छैन। पटियाला कोर्टले १९ डिसेम्बरमा सुनुवाई गर्ने तय गरेको छ।
नोराले आफ्नो बयानमा सुकेशसँग प्रत्यक्ष सम्बन्ध नभएको दाबी गरेकी छिन्। उनी केवल सुकेशकी श्रीमती लिना मारिया पलमार्फत् चिन्ने बताएकी छिन्।
उनले सुकेशबाट गिफ्ट लिएको कुरा गलत भएकोसमेत दाबी गरेकी छिन्। मिडिया ट्रायलका कारण आफ्नो मान हानी भएको बताउँदै यसको जिम्मेवार ज्याकलिन रहेको उनको भनाइ छ। एजेन्सी
