नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। आइतबार साँझ उनीहरुबीच भेट भएको हो।
भेटघाटका लागि ओली निवास बालकोट पुगेका केसी र ओलीबीच करिब दुई घण्टा छलफल भएको बताइएको छ।
दुई नेताबीचमा निर्वाचनपछिको राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो।
