निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा बिहानै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन्।
अध्यक्ष प्रचण्ड र उनवीच लामो छलफल चलेको थियो । सत्ता गठबन्धनबाट काङ्ग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने सहमति जुटेमा माओवादीबाट राष्ट्रपति र नेकपा एसबाट सभामुख हुने सम्भावना देखिन्छ ।
मधेसी र महिलाबाट देशले राष्ट्रपति र सभामुख पाइसकेको हुँदा अब यी दुई पदमा हालका उपराष्ट्रपति नन्दबहादुर पुन या अग्नि साप्कोटा र राजेन्द्रप्रसाद पाण्डे या प्रकाश ज्वालाको सम्भावना रहेको बताएका छन् ।
