शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल आउन सकेन: देउवा

२३ मंसिर २०७९, शुक्रबार १७:१८

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र भएको बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको ललितपुरमा आयोजित ४८औं दीक्षान्त समारोहमा बोल्दै देउवाले भने, “विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी र समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्छ।”

शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी अनुसार प्रतिफल आउन नसकेको उनको गुनासो छ। त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका देउवाले भने, “सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीको तुलनामा अपेक्षा अनुसार प्रतिफल आउन सकेको छैन, यो क्षेत्रको लगानीलाई उपलब्धिमूलक बनाउनु आवश्यक छ।”