समानुपातिकतर्फको मत गणना पनि सकिएको छ । सुदूरपश्चिम प्रदेशमा ८ लाख ९६ हजार ३ सय ८६ मत मध्ये एमालेले सबै भन्दा धेरै मत पाएको छ ।
एमालेले २ लाख ७४ हजार ६ सय ७५ मत ल्यायँदै प्रदेशमा सबै भन्दा धेरै मत पाउने पार्टी बन्न सफल भएको छ ।
त्यस्तै कांग्रेसले २ लाख ६९ हजार ५ सय ६४ मत पाएको छ । माओवादी केन्द्रले १ लाख २१ हजार ४ सय ३१ ल्याउँदा नागरिक उन्मुक्ति पार्टीले ९८,५५९ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४,२३३ र नेकपा एकीकृत समाजवादीले ४३,८१९ मत पाएको छ ।
