प्रदेश सभाले पाँच वर्षमा आफ्नो औचित्य पुष्टि गर्न नसके जनताले सडकबाट फैसला गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।
मंगलवार विराटनगरमा गुरु घिमिरेले लेखेको पुस्तक ‘बाटो बिराएको राजनीति’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रदेश संरचनाको लागि यो पाँच वर्षे कार्यकाल महत्वपूर्ण हुने बताएका हुन्।
थापाले भने, मतदातालाई म अपमान गर्न त चाहँदिन, तर प्रदेश सभाले गुरु घिमिरेलाई मिस गरेको छ । अबको पाँच वर्षमा प्रदेशले कि आफैँलाई प्रमाणित गर्ने छ कि चाहिँदैन भनेर जनताले सडकबाट भन्दिन्छन् ।’ महामन्त्री थापाले गुरु घिमिरे आफ्नो राजनीतिक आदर्श भएको बताए ।
