नाफाबाट बोनस सेयर गर्ने साना किसान लघुवित्त वित्तीय संस्थाको घोषणा

२० मंसिर २०७९, मंगलवार ११:०३

साना किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २६५ बोनस सेयर र कर प्रयोजनका लागि १.३७५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र साना किसानको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । यसले अघिल्लो वर्ष भने २५५ बोनस सेयर र १.३२५ नगद लाभांश वितरण गरेको थियो । साना किसान हाल आरएमडीसी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।