स्वतन्त्र जनप्रतिनिधिहरु एक बन्ने बेला आएको स्वतन्त्र उम्मेदवारबाट धरान उपमहानगरपालिकाका मेयर बनेका हर्क साम्पाङले बताएका छन् ।
उनले काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन साह घेराबन्दीमा परेको भन्दै यस्तो बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत कथाले मागेपछि स्वतन्त्र जनप्रतिनिधिहरु एक हुने बेला आएको भन्दै मेयर साहलाई आफनो साथ रहेको उनले बताए ।
उनले लेखेका छन्,‘कथाले माग्यो अब स्वतन्त्रहरु एक बन्ने बेला आएको छ स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेराबन्दीमा पारिएको छ १ त्यो निन्दनीय छ यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ ’
