नेकपा एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न अब मात्र ३० हजार मत आवश्यक देखिएको छ।
समानुपातिक तर्फको मतगणना जारी रहँदा सो पार्टी पनि राष्ट्रिय दल बन्ने सम्भावना देखिन्छ। कानुन अनुसार राष्ट्रिय दलको मान्यता प्राप्त गर्न कुनै पनि दलले प्रतनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा एक सिट प्राप्त गरी समानुपातिकतिर कुल सदर मतको ३ प्रतिशत भन्दा बढि मत प्राप्त गर्नुपर्छ।
एकीकृत समाजवादीले हालसम्म २,९०,१९६ मत पाइसकेको छ। अब सो पार्टीले जम्मा ३० हजार मत ल्याए थ्रेस होल्ड पार गर्न सक्छ।
