एपेन्डिसाइटिस भएको कसरी थाहा पाउने ?

१४ मंसिर २०७९, बुधबार १५:२८

एपेन्डिसाइटिस कुन बेला कसलाई हुन्छ कुनै टुंगो हुन्न । यो आकस्मिक हुने दुर्घटना जस्तै हो। केही एपेन्डिसाइटिस व्याक्टेरियाहरुको घर भन्छन्, भने कोही यसलाई काम नलाने अंगको रुपमा लिन्छन् ।एपेन्डिसाइटिस ठूलो आन्द्राको पुछारमा हुन्छ । हातको औला जस्तो देखिने चार इञ्च लामो यो अंगमा जब अवरोध हुन्छ, त्यतिबेला एपेन्डिक्स हुन्छ।

एपेन्डिक्स एक प्रकारको मेडिकल इर्मजेन्सी हो । एपेन्डिक्स भएको २४ घण्टा देखि ४८ घण्टाभित्रमा शल्यक्रियाद्धारा यसलाई नहटाए विरामीको ज्यान समेत जानसक्छ । एपेन्डिक्स कुनैपनि उमेर समूहका मानिसलाई हुनसक्छ । सामान्यतया १० देखि ३० वर्ष उमेर समुहका मानिसमा बढी देखिने यो समस्या महिलाको तुलनामा पुरुषलाई बढी हुने गर्दछ ।

एपेन्डिक्स हुनुको कारण कव्जियत, क्यान्सर लगायतका कारण जब एपेन्डिक्समा कुनै पनि किसिमको अवरोध खडा हुन्छ, त्यतिबेला एपेन्डिक्स दोब्बर भई पेट फुल्ने तथा पेटमा संक्रमण हुन थाल्छ । जसले गर्दा एपेन्डिक्समा सुन्निने गर्छ । कब्जियतका कारण पनि मानिसहरुलाई एपेन्डिक्सको समस्या हुने भएकोले चिकित्सकहरु फाइबरयुक्त खानेकुरा खाने सल्लाह दिने गर्छन् ।

एपेन्डिसाइटिस भएको कसरी थाहा पाउने ?

एपेन्डिसाइटिसको शुरुवाती लक्षण भनेको पेट दुख्नु नै हो। नाइटो वरपर अचानक पीडा शुरु भएर यस्तो पीडा विस्तारै पेटको दाहिनेतिर सर्दै जान्छ, कतिपय व्यक्तिलाई वान्ता हुने समस्या पनि हुन्छ।

विस्तारै भोक नलाग्ने, निद्रा नलाग्ने, अनुहार रातो हुने समस्याहरु आउँछ, कतिपय व्यक्तिले यस्तो दुखाइका बेला दुखाइ कम गर्ने औषधि समेत सवेत गर्ने गर्छन्, तर, चिकित्सकहरु औषधि सेवन गर्दा झन समस्या बढ्न सक्ने बताउँछन्।

एपेन्डिसाइटिसको समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा आउनु नै उत्तम विकल्प हुने पेट रोग विशेषज्ञ डाक्टर भुपेन्द्र बस्नेत बताउँछन्, एपेन्डिसाइटिस भएका बिरामीको पेटको शल्क्रिया गरेर ठूलो आन्दामा जोडिएको एपेन्डिक्समा रहेको फोहोर पदार्थ र संक्रमणको भाग निकाल्नुपर्छ।

पेन्डिसाइटिस भएका बिरामीको तत्काल उपचार नगरिए यसले दीर्घकालीन रुपमा असर र्पुयाउँछ। तत्काल उपचार नभए एपेन्डिसाइटिसबाट बिरामीको मृत्यु समेत हुनसक्छ, एपेन्डिसाइटिस एक्युट र क्रोनिक दुई प्रकारको हुन्छ। एक्युट एपेन्डिसाइटिस भएमा यसको विकास तीव्र गतिमा हुन्छ। शुरुमा यसको पहिचान गर्न गाह्रो हुने भएकाले सर्जरी नै गर्नुपर्ने हुन्छ।

एपेन्डिक्समा जीवाणुको संक्रमण दिसा वा अन्य कुराहरु अड्किदा जोखिम हुन्छ। जसले गर्दा बिरामीको मृत्यु नै हुन्छ, यस्तै क्रोनिक एपेन्डिसाइटिस हुँदा पेट लामो समयसम्म दुख्छ। यसले एपेन्डिक्स र मलद्वार सुनिने समस्या निम्त्याउँछ। एपेन्डिसाइटिसको उपचार पेट चिरेर गरिने शल्यक्रिया वा ल्याप्रोसकोपीद्धारा पेट नचिरी पनि निकालिन्छ।

कसरी बच्ने त ?

रातिसम्म धुम्रपान र मध्यपानको सेवन नगर्ने, खानामा धेरै मैदा र जंक फुडहरु प्रयोग नगर्ने, राति धेरै चिया तथा कफी सेवन नगर्ने, डेरीबाट उत्पादित खानेकुरा धेरै नखाने।