प्रदेश १ को प्रत्यक्षतर्फ कुन दल कुन क्षेत्रमा विजयी भए ?

१४ मंसिर २०७९, बुधबार १२:०९

प्रदेश १ को प्रत्यक्षतर्फ सुनसरीको ३ (२) मा पनि एमालेका उम्मेदवार रामदेव यादव विजयी भएसँगै सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना कमजोर बनेको छ । ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये एमाले–राप्रपा–जसपाको गठबन्धनको सिट संख्या २७ पुगेको छ ।

यता सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी (एस)ले प्रत्यक्षमा २९ सिट जितेको छ । प्रदेशमा सरकार गठनका लागि आवश्यक संख्या ४७ चाहिन्छ । ९३ सदस्यीय प्रदेशसभामा प्रत्यक्षतर्फ २ सिटको अन्तर भएपनि समानुपातिक तर्फको मतमा देखिएको अग्रताले एमाले–राप्रपा–जसपाको गठबन्धनले बहुमत पाउने देखिन्छ ।

प्रदेश १ मा समानुपातिक मतमा एमाले पहिलो छ । कूल सदर १७ लाख १५ हजार ५०७ मत गणना हुँदा एमालेले ५ लाख ९९ हजार ९५९ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ५ लाख ३ हजार १६३, राप्रपाले तेस्रो स्थानमा १ लाख ८२ हजार ९०९ मत पाएको छ । चौथो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख ६८ हजार ७३४, जसपाले ५५ हजार ३१७ र नेकपा एसले ५० हजार ८७५ मत पाएको छ । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार ३६ मत पाएको छ । अन्य पार्टीहरुले थ्रेस होल्ड अर्थात् १ दशमलव ५ प्रतिशत मत कटाएका छैनन् ।

अहिलेको समानुपातिक मतप्रतिशतको आधारमा नेकपा एमालेले १४, नेपाली काँग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४ वटा, जसपाले १, नेकपा एसले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ वटा सिट पाउने देखिन्छ । त्यही आधारमा अन्तिम परिणाम आए एमाले, राप्रपा र जसपाको गठबन्धनलाई समानुपातिक सिट १९ वटा हुन्छ । प्रत्यक्षमा २५ सिट रहेको एमाले र २ सिट जितेको राप्रपा तथा सानुपातिकबाट १ सिट पाउने अवस्थामा रहेको जसपाको गठबन्धनले १९ सांसद समानुपातिकबाट थप गरे उसको संख्या ४६ पुग्ने अवस्था छ ।

यता सत्ता गठबन्धनको २९ प्रत्यक्ष र समानुपातिकमा काँग्रेस, माओवादी र नेकपा एसको गरेर १७ सिट थप गर्दै ४६ सिट पुर्याउँछ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले थ्रेस होल्ड कटाएर एउटा सांसद पाउने अवस्था अन्तिमसम्म कायम गरे सत्ताको चावी उसैसँग हुने देखिन्छ ।

प्रत्यक्षमा नेकपा एमाले विजयी उम्मेद्वारहरू

१. पाँचकर्ण राई, खोटाङ १ विजयी

२. जयप्रकाश चौधरी, मोरङ ४ (१) विजयी

३. तिलकुमार मेन्याङ्बो, ताप्लेजुङ १ विजयी

४. रामबहादुर राना, इलाम २ (२) विजयी

५. विदुरकुमार लिङ्थेप, संखुवासभा २ विजयी

६. तिलचन पाठक, झापा २ (२) विजयी

७. छविलाल चुँडाल, झापा ३ (२) विजयी

८. राधाकृष्ण खनाल, झापा ४ (१) विजयी

९. हिक्मतकुमार कार्की, झापा ५ (१) विजयी

१०. होमबहादुर थापा, झापा ५ (२) विजयी

११. एकराज कार्की, झापा २ (१) विजयी

१२. इन्द्रमणि पराजुली, धनकुटा २ विजयी

१३. उमाकान्त गौतम, मोरङ १ (१) विजयी

१४. लिलाबल्लभ अधिकारी, मोरङ २ (२) विजयी

१५. निरन राई, धनकुटा १ विजयी

१६. रेवती रमण भण्डारी, सुनसरी २ (१) विजयी

१७. बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु २ विजयी

१८. किशोर चन्द्र दुलाल, तेह्रथुम १ विजयी

१९. ज्ञानेन्द्र सुवेदी, मोरङ ३ (२) विजयी

२०. रमेशकुमार बस्नेत, सुनसरी १ (१) विजयी

२१. रोहितबहादुर कार्की, सुनसरी ३ (१) विजयी

२२. खड्गबहादुर बस्नेत, मोरङ १ (२) विजयी

२३. विजयकुमार राई, सुनसरी १ (२) विजयी

२४. रामप्रसाद महतो, सुनसरी २ (२) विजयी

२५. रामदेव यादव, सुनसरी ३ (२) विजयी

नेपाली काँग्रेस विजयी भएको क्षेत्रहरू

१.भुपेन्द्र राई, खोटाङ २ विजयी

२. प्रदिपकुमार सुनुवार, ओखलढुंगा १ (१) विजयी)

३. गोपाल तामाङ, झापा १ (१्र) विजयी

४. रामकुमार खत्री, उदयपुर २ (२) विजयी

५. मानबहादुर लिम्बू, मोरङ ३ (१) विजयी

६. गयानन्द मण्डल, मोरङ ५ (१) विजयी

७. खगेन सिंह हाङ्गाम, ताप्लेजुङ २ विजयी

८. भूमि प्रसाद राजवंशी, झापा ३ (१) विजयी

९.सन्तोष सुब्बा, तेह्रथुम १ विजयी

१०. विनोद राई, भोजपुर २ विजयी

११. भीम पराजुली, मोरङ ४ (२) विजयी

१२. अमृत अर्याल, मोरङ ५ (२) विजयी

१३. सदानन्द मण्डल, सुनसरी ४ (१) विजयी

१४. इसाइल मन्सुरी, सुनसरी ४ (२) विजयी

१५. गोविन्द गिरी, इलाम २ (१) विजयी

१६. शमशेर राई, इलाम १ (२) विजयी

१७. हिमाल कार्की, उदयपुर १ (२) (अग्रता)

१८. विन्देश्वर यादव, सुनसरी ३ (२) (अग्रता)

माओवादी केन्द्र विजयी भएको क्षेत्रहरू

१. इन्द्रबहादुर आङ्बो, पाँचथर २ (विजयी)

२. बाबुराम गौतम, ओखलढुंगा १ (२) (विजयी)

३० नारायण बहादुर मगर, उदयपुर २ (१) (विजयी)

४० राजेन्द्र कार्की, संखुवासभा १ (विजयी)

५० दुर्गाप्रसाद चापागाईं, तेह्रथुम २ (विजयी)

६० गणेशप्रसाद उप्रेती, मोरङ २ (१) (विजयी)

७. गोम्बु शेर्पा, सोलुखुम्बु १ (विजयी)

८. जीवन आचार्य, मोरङ ६ (१) (विजयी)

९. राजन किराँती, उदयपुर १ (१) (विजयी

नेकपा एस विजयी भएको क्षेत्र

१. राजेन्द्रकुमार राई, भोजपुर १ (विजयी)

२. कमल प्रसाद जबेगु, पाँचथर १ (विजयी)

३. खिनु लङ्वा लिम्बू, इलाम १ (१) (विजयी)

राप्रपा विजयी भएको क्षेत्र

१. सविना बजगाईं, झापा १ (२) (विजयी)

२. भक्ति प्रसाद सिटौला, झापा ४ (२) (विजयी)