चर्चित मोडल तथा सर्जक बिमल अधिकारीको शब्द संगीतमा नयाँ आधुनिक गीत “ए होर माया ” सार्वजनिक भएको छ ।
उक्त गीत भावना म्युजिक सोलुसनको युटुब च्यानलमा मार्फत गत विहाीबार सार्वजनिक भएको गीतलाई स्रोता दर्शकले निकै रुचाएका छन् । माया प्रेम आधारित सो गीतमा बिमल अधिकारीको शब्द संगीत रहेको छ भने चर्चित गायक हिमाल सागर र चर्चित गायिका अनु चौधरीको आवाज रहेको छ ।
सो गीतमा चर्चित संगीत संयोजक कमल सौरागको संगीत संयोजन रहेको छ । मारुनी डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेर्कड गरिएको उक्त गीतलाई खुमन राना र सुमन रानाले रेर्कड गरेका छन् भने कुमार रानाले ध्वनी सम्पादन गरेका हुन् ।
गीतमा बिमल अधिकारी र सनिशा भट्टराईको अभिनय रहेको छ भने मौसम हिमालीले भिडियोको निर्देशन तथा कोरियोग्राफर गरेका छन् । उक्त गीतमा रहेका शब्दहरुलाई निकै रुचाएको छ । युटुबमा नौ लाख भन्दा बढी पटक हेरिएको छ । उक्त गीतले दिनप्रति दिन लोकप्रियता कमाउदै छ ।
