नेकपा एमालेले प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ अग्रता कायमै राखेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको आज दिउँसो १ः०० बजेसम्मको मत परिणाम अनुसार एमालेले २५,३८,३४१ मत ल्याएको छ भने नेपाली काँग्रेसले २४,०२,९८८ मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा १०,६६,६४१
मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १०,६४,२५२ मत पाएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५,४५,९३३ मत पाउँदा जनता समाजवादी पार्टीले ३,२७,९१० मत पाएको छ । नेकपा एकीकृत समाजवादीले २,५२,६९८
मत पाएको छ भने जनमत पार्टीले २,६४,०४२ मत पाएको छ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टी २,३७,९६५ मत, लोकतान्त्रिक समाजवादी पार्टी १,२७,९५२ मत, मजदुर किसान पार्टीले ७२,८१५ मत र राष्ट्रिय जनमोर्चाले ४४,८८५ मत पाएको छ ।
