नेकपा एमालेले प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको आज राती ९ः३० बजेसम्मको मत परिणाम अनुसार एमालेले २४,७८,५४४ मत ल्याएको छ भने नेपाली काँग्रेसले २३,५६,१९० मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा १०,३७,२२७
मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १०,४८,९०३ मत पाएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५,३७,८०१ मत पाउँदा जनता समाजवादी पार्टीले ३,०९,५८६ मत पाएको छ । नेकपा एकीकृत समाजवादीले २,४१,८५७ मत पाएको छ भने जनमत पार्टीले २,४३,४९४ मत पाएको छ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टी २,३३,७७२ मत, लोकतान्त्रिक समाजवादी पार्टी १,२४,०११ मत, मजदुर किसान पार्टीले ७२,४२८ मत र राष्ट्रिय जनमोर्चा
४४,५५८ पाएको छ ।
