इलाम १ मा एमाले विजयी

११ मंसिर २०७९, आईतवार १६:४५

नेकपा एकीकृत समाजवादीका समानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै इलाम १ मा नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन्।

शनिबार दिउँसो २ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसारबस्नेतले २४ हजार ३०४ मत ल्याएका छन् भने खनालले २१ हजार ८०२ मत प्राप्त गरेका छन् ।