दिउँसो २ः०० बजेसम्मको मत परिणाम अनुसार कुन दलले कति मत ल्याए ?

११ मंसिर २०७९, आईतवार १४:१९

नेकपा एमालेले प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ २३ लाखभन्दा बढी मत ल्याएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको आज दिउँसो २ः०० बजेसम्मको मत परिणाम अनुसार एमालेले २३,६४,१२४ मत ल्याएको छ ।

यस्तै नेपाली काँग्रेसले २२,६३,२५४ मत पाएको छ भने नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा  ९,८४,९१५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९,४०,२३८ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४,९४,९७५ मत पाउँदा जनता समाजवादी पार्टीले २,९७,५१० मत पाएको छ । नेकपा एकीकृत समाजवादीले २,३३,१४५ मत पाएको छ । यस्तै जनमत पार्टीले २,३०,३११ मत पाएका छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टी १,९९,६०६ मत, लोकतान्त्रिक समाजवादी पार्टी १,२१,६१५ मत र मजदुर किसान पार्टीले ६९,२७१ मत पाएको छ ।