नेकपा एमालेका उम्मेदवार भीम आचार्य प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट विजयी भएका छन्।
आचार्यले ३२ हजार ८ मत ल्याएर प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए ।
अन्तिम मत परिणाामको औपचारिक घोषणा हुन बाँकी छ । सुनसरी–३ को प्रदेशसभा ‘२’मा एमालेका रामप्रसाद महतो १८ हजार १९१ मतसहित विजयी भए । कांग्रेसका राजीव कोइरालाले १७ हजार ६३६ मत मात्रै पाए ।
