नेकपा एमालेका उम्मेदवार बारा ३ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ विजयी भएका छन्।
एमालेकी ज्वालाकुमारी साहले जसपाका उम्मेदवार रामबाबुकुमार यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । साहले २० हजार २५१ मत ल्याएइन् भने यादवले १७ हजार २७९ मत पाए । यादव जसपा मधेस प्रदेश समितिका अध्यक्ष पनि हुन् ।
यस्तै प्रदेशसभा तर्फ दुवै क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा ३ को (१) बाट एमालेका रवीन्द्रदास श्रेष्ठ निर्वाचित भए भने प्रदेशसभा ३ को (२) मा एमालेकै महम्मद समिर विजयी भएका हुन् ।
श्रेष्ठले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका मुकेश साहलाई ८ सय ८६ मतान्तरले पराजित गरे । रवीन्द्रले ८ हजार १९५ मत पाउँदा मुकेशले ७ हजार ३०९ मत पाए । एमाले बाहेकका दलसँग गठबन्धन गरेर माओवादीले यो क्षेत्रमा जित जोगाउन सकेन । ०७४ मा ज्वाला यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
बारा क्षेत्र नम्बर ३ (२) मा एमालेका समिरले जनता समाजवादी पार्टी (जसपा) का पारसप्रसाद साहलाई पराजित गरेका हुन् ।
