काभ्रे २ मा गोकुल बाँस्कोटा मत गणना नसकिँदै विजयी

९ मंसिर २०७९, शुक्रबार १०:४२

काभ्रे २ मा एमाले नेता गोकुल बाँस्कोटा मत गणना नसकिँदै विजयी भएका छन् ।

बास्कोटा ५००९ मत गन्न बाँकी हुँदा ५७१८ मतले अगाडि छन् । यससँगै उनको जीत निश्चित बनेको छ ।

आयोगले गणना सकिएपछि विजयी घोषणा गर्नेछ । उनीसँग प्रतिस्पर्धामा कांग्रेसका शिव हुमागाईँ छन् ।