प्रतिनिधि सभातर्फ १६५ मध्ये ६४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीबाट कसले जिते ?

८ मंसिर २०७९, बिहीबार ०९:४५

प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ६४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।

जसमध्ये नेपाली कांग्रेसले २५ स्थानमा जित निकालेको छ। नेकपा एमालेले १५ स्थानमा जित निकालेको गरेको छ।माओवादी केन्द्रले ७ स्थानमा जित निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ४, एकीकृत समाजवादीले ६ स्थानमा जित निकालेको छ। यस्तै राप्रपाले २ स्थानमा जित निकाल्दा जनता समाजवादी पार्टीले १, नागरिक उन्मुक्ति पार्टीले १, लोकतान्त्रिक समाजवादी पार्टीले १ र अन्यले ३ स्थानमा जित निकालेका छन्।

नेपाली कांग्रेसले ३३ स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले २८ स्थानमा अग्रता बनाएको छ।माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, एकीकृत समाजवादीले ५, राप्रपाले ३, जसपाले ४, नागरिक उन्मुक्ति पार्टीले १, लोसपा २ र अन्यले ७ स्थानमा अग्रता बनाएका छन्।

कांग्रेसबाट विजयी

१. मुस्ताङ– योगेश शेरचन
२.मनाङ– टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल–
७. रसुवा– मोहन आचार्य–
८. ललितपुर १– उदयसमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा– शेरबहादुर देउवा
​११.काठमाडौं–१० राजेन्द्र केसी
१२. पर्सा–४ रमेश रिजाल
१३. सुर्खेत २ हृदयराम थानी
१४. कैलाली ४ वीरबहादुर बलायर
१५. म्याग्दी खमबहादुर गर्बुजा (खम्वीर)
१६. दार्चुला दिलेन्द्र प्रसाद बडु
१७. कञ्चनपुर ३ रमेश लेखक
१८. झापा १ विश्वप्रकाश शर्मा
१९. ओखलढुंगा( रामहरि खतिवडा
२०. पर्सा २ अजय चौरसिया
२१. अछाम २ पुष्पबहादुर शाह
२२. भक्तपुर २ दुर्लभ थापा
२३. म्याग्दी खमबहादुर गर्बुजा
२४. दैलेख १ दिक्पालकुमार शाही
२५. नारायणप्रकाश साउद

एमालेबाट विजयी

१. उदयपुर २ अम्बरबहादुर रायमाझी
२. झापा २ देवराज घिमिरे
३. झापा ५ केपी शर्मा ओली
४. ताप्लेजुङ योगेशकुमार भट्टराई
५. पर्सा ३ राजकुमार गुप्ता
६. काठमाडौं ९ कृष्णगोपाल श्रेष्ठ
७. मकवानपुर २ महेशकुमार बर्तौला
८. लिलतपुर २ प्रेमबहादुर महर्जन
९. कास्की २ विद्या भट्टराई
१०. पर्वत पदम गिरी
११. लमजुङ पृथ्वी सुब्बा गुरुङ
१२. अर्घाखाँची टोपबहादुर रायमाझी
१३. गुल्मी २ गोकर्णराज विष्ट
१४. प्यूठान सूर्यबहादुर थापा क्षेत्री
१५. रुपन्देही ५ बासुदेव घिमिरे

​माओवादी केन्द्रबाट विजयी

१. रुकुम पूर्व( पूर्णबहादुर घर्ती
२. बाग्लुङ २(देवेन्द्र पौडेल
३. सिन्धुली २ लेखनाथ दाहाल
४. सिन्धुपाल्चोक १ माधव सापकोटा
५. गोरखा २ पुष्पकमल दाहाल प्रचण्ड
६. जारजरकोट शक्तिबहादुर बस्नेत
७ .शक्तबहादुर बस्नेत

एकीकृत समाजवादी पार्टी

१. अछाम १ –शेरबहादुर कुँवर
२. बारा ४ कृष्ण कुमार श्रेष्ठ
३. दैलेख १ अम्बरबहादुर थापा
४. सल्यान प्रकाश ज्वाला
५. डोटी प्रेमबहादुर आले
६. बझाङ भानुभक्त जोशी

​राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ गणेश पराजुली
२. काठमाडौं ८ विराजभक्त श्रेष्ठ
३. काठमाडौं २ सोविता गौतम
४. काठमाडौं ६ शिशिर खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

१ बाँके २ – धवलसमशेर जबरा
२‍‍ जुम्ला ज्ञानेन्द्रबहादुर शाही

नागरिक उन्मुक्ति पार्टी

१ कैलाली १– गंगाराम चौधरी
लोसपा

१ रुपन्देही ४ सर्वेन्द्रनाथ शुक्ल
जसपा
१ पर्सा १ प्रदीप यादव
जनमत पार्टी
१ सप्तरी २ – सी के राउत
राजमो
१ बाग्लुङ १ चित्र बहादुर के सी