प्रतिनिधिसभा सदस्यमा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ विजयी भएका छन् ।
उपमहासचिव गुरूङले माओवादीका महासचिव देवप्रसाद गुरूङलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लम्जुंगबाट विजयी भएका हुन् ।
सुरुवातमा माओवादीका देव गुरुङले अग्रता लिएको भए पनि मतगणना अन्तिमतिर पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याएर विजयी भए भने माओवादीका महासचिव गुरूङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरे ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत ल्याएका छन् ।
