एजेन्सी । मानव जिवनकालागि चाहिने आहारा तथा खानपिनमा अत्याधिक हालिने मसलाले कतिको असर गरिरहेको हुन्छ रु त्यसको बारेमा धेरै अनभिज्ञ रहेका छन । त्यस्तो परिकारयुक्त खाना खादा एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि यस्ता घरेलु उपाय अपनाउनुस तुरून्त समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ।
के हुन ति उपाय ? जानि राखौ
१. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ ।
२. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस । ग्यासको समस्या तत्काल निको हुन्छ ।
३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् ।
४.बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ।
५. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन ।
