माओवादीका नेता देवेन्द्र पौडेल बागलुङ २ बाट निर्वाचित

७ मंसिर २०७९, बुधबार १७:०७

प्रतिनिधि सभा सदस्यमा नकपा (माओवादी केन्द्र) का नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका हुन् ।

पौडेलका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले २० हजार १८० मत प्राप्त गरिन् । पौडेल र शर्माको मतान्तर ४ हजार ५९९ रहेको छ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३२५ मत प्राप्त गर्दै तेस्रो स्थान बनाउन सफल भइन् ।