झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित

७ मंसिर २०७९, बुधबार १६:३३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापा ५ बाट जित निश्चित भएको छ ।

१ लाख ५४ हजार २८९ मतदाता रहेको उक्त क्षेत्रमा १ लाख २ हजार १५० जनाले मतदान गरेका थिए । झापामा अब गणना हुन १३ हजार भन्दा कम मत हुँदा अध्यक्ष ओलीले २३ हजार ६१५ मतले अगाडि छन् ।

ओलीले ४४ हजार ८०५ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र अधिकारीले २१ हजार १५४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ९ हजार ९३० मत ल्याएका छन् ।