निर्वाचन आयोग नेपालका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ हालसम्म नेकपा (एमाले)ले ४ स्थानमा विजयी भएको छ ।
नेकपा एमालेका सचिव गोकर्ण विष्ट लुम्बिनी प्रदेश गुल्मी क्षेत्र २ मा चौथो पटक २८४७६ म लिएर तिनिधि सभा सदस्यत विजयी भएका छन्। यस्तै प्रदेश नं. १ ताप्लेजुंग १ मा योगेश कुमार भट्टराई २१९४३ मत लिएर निर्वाचित भएका छन् ।
प्रदेश नं. १ उदयपुर २ बाट नेकपा (एमालेका नेता अम्वर बहादुर रायामाझीले १५२५१ मत लिएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बागमती प्रदेश ललितपुर २ मा नेकपा (एमाले) का नेत प्रेम बहादुर महर्जन १५०२५ मत लिएर विजयी भएका छन् ।
यस्तै प्रदेश सभा सदस्यतर्फ बागमती प्रदेशमा ४ वटा ठाँउमा, गण्डकी प्रदेश मा २ ठाँउमा र लुम्बिनी प्रदेशमा २ ठाँउमा गरी अहिलेसम्म नेकपा एमालेले ८ वटा निर्वाचन क्षेत्रमा विजयी भएको छ ।
