प्रदेश सभामा माओवादीका नेताहरु कुन प्रदेशबाट को को विजयी भए ?

७ मंसिर २०७९, बुधबार १३:०७

प्रदेश १ ओखलढुंगा २ मा नेकपा माओवादी केन्द्रका नेता बाबुराम गौतमले ४१५७३८ मत लिएर  प्रदेश सभा सदस्यमा विजयी भएका छन् । यस्तै उदयपुर १ बाट माओवादी केन्द्रका नेता नारायण वहादुर मगरले ८१०५ मत लिएर प्रदेश सभा सदस्यमा निर्वचित भएका छन् ।

मधेश प्रदेश पर्सा १ बाट माओवादी केन्द्रका नेता रहवर अंसारीले ७८१७ मत लिएर प्रदेश सभा सदस्यमा विजयी भएका छन् । यस्तै बागमती प्रदेश सिन्धुली २ बाट प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका नेता गंगा नारायण श्रेष्‍ठले १३००१ मत लिएर निर्वाचित भएका छन् ।

गण्डकी प्रदेश म्याग्दी २ मा माओवादी केन्द्रका नेता रेशमवहादुर जुग्जालीले ९४५४ मत लिएर प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । यस्तै सुदूरपश्चिम प्रदेश दार्चुला २ बाट माओवादी केन्द्रका नेता मान बहादुर धामीले १३१७१ मत लिएर प्रदेश सभा सदस्य निर्वाचित भएका छन् ।