दार्चुलामा प्रदेश सभा (क) मा नेपाली कांग्रेस बिक्रम सिंह धामी र नेकपा एमालेका हरदेव जोशीलाई पराजित गर्दै विजयी भएका छन्
नेपाली कांग्रेस बिक्रम सिंह धामी र नेकपा एमालेका हरदेव जोशीबीच दार्चुलाको प्रदेश सभा (क) मा निकै प्रतिस्पर्धा भएको थियो । धामीले १५ हजार १२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेकाजोशीले १३ हजार ४५१ मत पाए ।
यस्तै दार्चुलामा प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामीले एमालेका रामदत्त जोशीलाई पराजित गर्दै विजयी भएका हुन् । माओवादी केन्द्रका धामीले १७१७१ मत ल्याउँदा उनका प्रतिस्पर्धी जोशीले ११८५६ मत ल्याए ।
