गुल्मी २ मा विष्ट र झाँक्रीबीच प्रतिस्पर्धा

५ मंसिर २०७९, सोमबार २०:२८

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले सुरुवाती अग्रता लिएका छन् ।

पछिल्लो अपडेट अनुसार १४ सय २५ मतगणना हुँदा एमालेका विष्टले ६ सय ७२ मत पाएका छन् ।

एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा विष्ट ७० मतले अगाडि छन् । एकीकृत समाजवादीकी झाँक्रीले ६ सय २ मत पाएका छन् ।