दाङ २ मा एमालेलाई पछाडि पार्दै माओवादी केन्द्रको अग्रता

५ मंसिर २०७९, सोमबार १६:१३

दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई फराकिलो मतान्तरले पछाडि पार्दै नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् ।

२ हजार ७८० मत गणना हुँदा शर्मा शर्माले १ हजार ४ सय ५० र पोखरेलले ८ सय ४६ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन् ।

यो अघिल्लोपटक वाम गठबन्धनका माओवादी उम्मेदवार कृष्णबहादुर महराले जितेको क्षेत्र हो । त्यतिबेला पोखरेल प्रदेशसभामा निर्वाचित भएर मुख्यमन्त्रीसम्म बनेका थिए ।