भक्तपुर २ मा कांग्रेस अगाडि

५ मंसिर २०७९, सोमबार १४:२९

भक्तपुर २ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ भने दोस्रो स्थानमा नेकपा एमाले रहेको छ ।

आइतबार दिउँसो १ बजेसम्‍म १० हजार ४३६ मतगणना सकिँदा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रस्थानमा छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका नेता महेश बस्नेत ३ हजार ६८४ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगर ८६९सहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक ७३५ मतसहित चौथो स्थानमा छन् ।