काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिएका छन्।
उनले एमालेका सर्वेन्द्र खनाल र काग्रेसका भीमसेनदास प्रधानलाई पछाडि पारेका हुन् ।
प्रारम्भिक मत गणना अनुसार शिशिरले १०९, सर्वेन्द्रले ५१ र भिमसेनदासले ४० मत ल्याएका छन्। निर्वाचन क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा मतगणना भइरहेको छ।
यस्तै काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ६११ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६०३ मत पाएका छन् ।
एमालेका शिवसुन्दर राज वैद्यले ३०७ मत पाएका छन् भने सत्ता गठबन्धनबाट उठेका नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ मत पाएका छन् । राप्रपाका प्रकाश रिमालले २०६ मत पाएका छन् ।
