मुस्ताङबाट कांग्रेस उम्मेदवार योगेश गौचन विजयी

५ मंसिर २०७९, सोमबार ११:५९

मुस्ताङबाट चुनावी नतिजा आफ्नो पक्षमा पार्दै नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचन ३ हजार ७८ मतमा रोकिएका छन् ।