ललितपुरको तीन वटै क्षेत्रमा प्रारम्भिक मतगणनामा एमालेको अग्रता

५ मंसिर २०७९, सोमबार १०:३२

प्रारम्भिक मतगणनामा ललितपुरको तीन वटै क्षेत्रको नेकपा एमालेले अग्रता लिएको छ।

ललितपुर १ मा नवराज सिलवालले प्रारम्भिक अग्रता लिएका छन्। उनले नेपाली कांग्रेसका उदय शमशेर राणलाई पछि पारेका छन्।
क्षेत्र १ मा एमालेका सिलवालले ६ सय ६७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उदय शमशेर राणा ४ सय १ र स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत प्राप्त गरेका छन्।

त्यस्तै क्षेत्र २ मा एमालेका प्रेमबहादुर महर्जनएमाले १३ सय १७ , हाम्रो नेपाली पार्टीले ८ सय ९७ र एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ७ सय ७७ मत प्राप्त गरेका छन्।

त्यस्तै ललितपुर ३ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ एमालेका अमृत खड्काले अग्रता लिएका छन्। खड्काले ५ सय १६ मत प्राप्त गरेका छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीले पछ्याइरहेकी छन्।

कार्कीले ४ सय ९८ र माओवादीकी पम्फा भुसालले २ सय ९७ मत प्राप्त गरेकी छन्।