निर्वाचनले मुलुकलाई राजनीतिक स्थायीत्वतिर लैजाने नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । मतदान गरेपछि उनले निर्वाचनपछि मुलुक समृिद्धतिर जाने बताए ।
“निर्वाचन लोकतन्त्रको उन्नत अभ्यास हो । मुलुकलाई राजनीतिक स्थायित्वतिर अग्रगति र प्रगतितर्फ जान्छ । विगतका तीता मिठा अनुभवबाट लिएर देशलाई सम्मृद्धतिर लान्छ, ” उनले भने ।
उनले मतदातामा उत्साह देखिएको भन्दै मतदानको प्रतिशत विगतको तुलनानमा बढ्नेसमेत बताए ।
