झलनाथ खनालले निर्वाचनमा मताधिकारको प्रयोग गर्न आग्रह गरे

४ मंसिर २०७९, आईतवार १२:०२

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन् ।

इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग भने, “ मुलुकको नेतृत्व पहिचान निर्वाचनले गर्ने भएकाले सबैले मतदान गर्नुपर्छ ।”