प्रचण्डले गोरखाको निर्वाचन क्षेत्र नं.२ मतदान केन्द्रको अवलोकन गरे

४ मंसिर २०७९, आईतवार ११:५१

नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्ला निर्वाचन क्षेत्र नं.२ बिरिनचोकस्थित मतदान केन्द्रको अवलोकन गरेका छन् ।

प्रचण्डले गृह जिल्ला चितवनबाट मतदान गरेका थिए। उनले भरतपुर महानगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।