आगामी मंसिर ४ गते हुने पदेश र प्रतिनिधी सभा निर्वाचनको लागि भोट माग्दै मतदाताको घरदैलोमा जाँदा तपाई र पार्टी देशको नेतृत्व गर्ने अवस्थामा पुग्दै हुनुहुन्छ भन्ने प्रतिक्रिया पाएको नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् उर्जा मन्त्री पम्फा भुसालले बताएकी छिन् ।
‘भुसालले भनिन्, ‘मतदाताले मलाई तपाईं जतिको उम्मेदवार कुनै पार्टीमा छैनन् भनेर भन्नुहुन्छ । तपाई भोलि पार्टी र देशको नेतृत्व गर्न सक्ने अवस्थामा पुग्दै हुनुहुन्छ भनेर मतदाताले भनिराख्नुभएको छ । , उहाँहरूले तपाईँ जस्तो उम्मेदवारलाई छाडेर अन्यलाई विजयी गराउन सक्दैनौँ भनेर स्पष्ट भन्नुभएको छ । मतदाताले आफूले जिताएको जनप्रतिनिधि जहिले पनि भेट्न सक्ने, सहज पहुँच भएको खोज्नुहुन्छ । त्यो सहजता म जत्तिको अन्य उम्मेदवारसँग छैन भन्ने मेरो दाबी हो ।’
आफू जस्तो भूमिका निर्वाह गर्न अन्य उम्मेदवारहरुले नसक्ने भुसालले ठोकुवा गरिनन्। उनले भनिन्, ‘जनतामा मैले एक प्रकारको उत्साह र उमङ्ग देखेको छु । जति मतदान गर्ने दिन नजिकिँदै छ, त्यति नै सिङ्गो मुलुक र जनतामा निर्वाचन लागेको छ । जनता र मतदातामा निर्वाचन प्रतिको आकर्षण छ’ ‘नेताहरूलाई घरदैलोमा जाँदा आफ्नो मनमा लागेका कुरा भन्ने, स्थानीयको समस्या सुनाउने र उम्मेदवारसँग नजिकबाट साक्षात्कार गर्ने क्रम अघि बढेको छ । यसर्थमा हेर्दा निर्वाचनप्रति जनतामा उत्साह छ ।’
भुसालले आफ्नो क्षेत्रमा खानेपानी, सडक, ढल र प्रदूषणको प्रमुख समस्या रहेको बताइन् । उनले भनिन्, यो क्षेत्र खानेपानीको प्रमुख समस्या देखिन्छ । यसअघिका निर्वाचनमा म घरदैलोमा हिँड्दा पुरुष महिलाहरूले खानेपानीको कुरा उठाउनुभएको थियो । यो पटक पनि उठाउनु भएको छ । यसअर्थमा पनि खानेपानीको ठूलै समस्या छ । तर हामीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमार्फत मेलम्चीको पानी जनताको घर घरमा पुर्याइरहेका छौँ ।मेलम्चीबाहेक अन्य खानेपानी स्रोतको उचित व्यवस्थापन गरी वितरणलाई प्रभावकारी बनाउँदै छौँ । धेरै ठाउँमा पाइप लाइनको विस्तार भइसकेको छ । चाँडै नै घर घरमा खानेपानी पुर्याउँछौँ ।’
