नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई/दुई पटक संसद विघटन गरेका कारण संविधानको रक्षा गर्न गठबन्धन बनाउनु परेको नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव एवम् स्थायी कमिटि सदस्य डिलाराम आचार्यले बताएका छन् ।
बुधबार अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटबवले आयोजना गरेको शान्त,स्वच्छ र निश्पक्ष निर्वाचनका लागी हाम्रो अभियान भन्ने कार्यक्रममा मनतब्य राख्दै आचार्यले सो कुरा बताएका हुन् ।
उनले कार्यक्रममा बोल्दै भने, “ओलीले संविधान च्यातचुत कहाँ पार्नु भो, साच्चै राष्ट्रपति राष्ट्रपति जस्तो हुन्थ्यो भने केपी ओलीलाई हडकडी लाएर जेल हाल यले चाहिँ संविधानको विरोध गर्यो भनेर सर्पोट गर्नुपर्ने, राष्ट्रपति राष्ट्रपति जस्तो हुन्थ्यो भने हो यो मानसिकता संगको लडाई हो । गणतन्त्र विरोधी, शान्ति प्रक्रिया विरोधी, स्वच्न मनपरि तन्त्रको प्रवृतिको लडाई हो । जहाँ सम्म न यो गठबन्धन हो । यो गठबन्धन ओली जी ले बनाईदिएको गठबन्धन हो भन्छु मैले ।”
लोकतन्त्रको संस्थागत विकास र स्थायी शान्तिका लागि गठबन्धनले चुनावी एकता गरेको भन्दै निर्वाचनपछि पनि यसको निरन्तरता कायम रहेने आचार्यले बताए। एमालेलाई गठबन्धनको चिन्ता नगर्न पनि उनले आग्रह गरे।
नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव एवम् स्थायी कमिटि सदस्य डिलाराम आचार्य, एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल, काँग्रेस नेता रेवती प्रसाद भुसाल र नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य आलोक रायमाझीले उक्त कार्यक्रममा आ–आफूना धारणा राखेका थिए ।
एमालेले अर्घाखाँचीमा अत्याधिक बहुमतले विजयी हासिल गर्ने दाबी गर्दै एमालेका उमेद्वारहरुले जित्ने प्रशस्त आधार संगै एमालेको पक्षमा जनलहर भएकोले समृद्ध अर्घाखाँची निर्माणगर्न एमालेले जित्न आवश्यक रहेको एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले बताए ।
यस्तै राजनितिक दलहरुले देशमा राजनीति शब्दलाई गलत तरीकाले अर्थ लगाउदा राजनीतिमा बितिष्णा पैदा भएको र जिल्लाको हरेक बिकास निर्माणमा सबैको भुमिका रहेको साथै विकास निर्माणलाई कसैले मागीखाने भाँडो बनाउन जोड दिदै जिल्लामा गठबन्धनका उमेद्वारहरुलाई जिताउन काँग्रेस नेता रेवती प्रसाद भुसालले आग्रह समेत गरे।
नेकपा एमाले पार्टी नभई केपी ओलीको क्लव रहेको नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य आलोक रायमाझीले आरोप लगाए । उनले जिल्लामा बिकास निर्माण भयो भनेर गफ गरेपनि बिकास निर्माण हुन नसकेको भन्दै जिल्लाको समग्र बिकासको लागी गठबन्धनले जित्नुपर्ने बताउदै रायमाझीले गठबन्धनले देशभर दुइतिहाई मत ल्याउने ठोकुवा समेत गरे ।
