अर्घखाँचीमा पुष्पा भुसालले जित्ने प्रवल सम्भावना यस्तो छ चुनावी अंकगणित

३० कार्तिक २०७९, बुधबार १४:३५

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदैं जाँदा अर्घखाँचीमा चुनावी सरगर्मी बढ्दै गएको छ ।

८२ हजार ३ सय ६६ महिला मतदाता र ८१ हजार ४ सय ४९ पुरुष गरी कुल १ लाख ६३ हजार ८ सय १५ मतदाता रहेको अर्घखाँचीमा गठबन्धनका तर्फबाट तत्कालीन उप सभामुख एवम् नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल र पूर्व माओवादी तथा हालका एमाले सचिव टोपबहादुर रायमाझी बीच प्रतिस्पर्धा हुदै छ ।

अर्घाखाँचीले यसपालि सबैको ध्यान तान्नुको कारण यो क्षेत्रमा वैशाखको स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीमा वडाअध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको दलगत मत जोड्दा सत्ता गठबन्धनको ५३ हजार ६४५ पुग्छ भने एमालेको ४८ हजार १०२ । स्थानीय चुनावको नतिजामा एमालेभन्दा गठबन्धन ५ हजार ५४३ मतले अगाडि देखिन्छ । विगत निर्वाचनमा टोपबहादुर रायमाझीलाई जिताउनका लागि यो क्षेत्रको युवा मतदाताको उल्लेखनीय भूमिका रहेको थियो । तर यसपालि भने नेता रायमाझीप्रति युवाहरु रुष्ट भएको देखिन्छ ।

अर्घाखाँचीमा २०६४, २०७० र २०७४ मा चुनाव जितेका रायमाझीका लागि भने यसपटकको चुनाव प्रतिकुल रहेको आयोखबरको मत सर्वेक्षणबाट देखिएको छ । २५० जनामा गरिएको मत सर्वेक्षण्मा १३० जनाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी भुसाललाई मत दिने बताए भने २० जनाले रवि लामिछानेको पार्टी राष्ट्रि स्वतन्त्र पार्टीलाई मत दिने बताउदै गर्दा ९८ जनाले एमालेका उम्मेदवार टोपबहादुर रायमाझीलाई मत दिने बताए ।

रायमाझीले विगत १५ वर्ष देखि संसदमा निर्वाचित भएपछि र ४–४ पटक मन्त्री हुँदा आफ्नोे क्षेत्रमा विकास निर्माणको काम गरेको तर अर्घाखाँचीको शितगंगा नगरपालिकाको विभिन्न वडाहरु नहेरको कारण यसपालिको चुनवामा गठबन्धनकी उम्मेदवार भुसाललाई भोट दिने त्यहाँ स्थानीयहरुले बताए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका टोपबहादुर रायमाझी अर्घाखाँचीबाट विजयी बने । तत्कालीन नेकपा विभाजनपछि भने उनी माओवादीमा फर्किएनन् ।

२०६६ सालमा उनी भौतिक योजना तथा निर्माण मन्त्री, २०६७ मा स्थानीय विकास मन्त्री र २०६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री बनाइदिए ।

चुनावी अंकगणित

माओवादीको हँसिया–हथौडा चुनाव चिह्नबाट २०६४, २०७० र २०७४ मा अर्घाखाँचीबाट ह्याट्रिक गरेका ६२ वर्षीय रायमाझी यसपटक एमालेको सूर्य चिह्न लिएर चुनावी मैदानमा छन् ।

चितवन महाधिवेशनबाट एमालेको सचिव बनेका रायमाझीका लागि चौथो प्रतिस्पर्धा राजनीतिक समीकरणका हिसाबले अनुकूल देखिन्न । किनभने, अघिल्लो निर्वाचनमा वाम गठबन्धनको साथ पाएका रायमाझी यसपटक विभाजित एमालेको मात्र भरमा छन् ।

गत वैशाखको स्थानीय तह चुनावमा अर्घाखाँचीमा वडाअध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको दलगत मत जोड्दा सत्ता गठबन्धनको ५३ हजार ६४५ पुग्छ भने एमालेको ४८ हजार १०२ । स्थानीय चुनावको नतिजामा एमालेभन्दा गठबन्धन ५ हजार ५४३ मतले अगाडि देखिन्छ ।