कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचाहन बनाएकी अभिनेत्री करिश्मा मानन्धरले रेखा थापाको लागि भोट मागेकी छन् ।
सामाजिक सञ्जालमार्फत कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै करिश्माले रेखालाई भोट मागेकी हुन् । रेखा मोरङ ३ बाट राप्रपाको उम्मेदवार बनेकी छन् । रेखा पनि कलाकारिता जगतमा आफ्नो छुटटै पहिचाहन बनाएकी एक सफल अभिनेत्री हुन् । चलचित्र क्षेत्रकै अन्य कलाकारले पनि रेखालाई भोट मागिरहेका छन् ।
करिश्मा सामाजिक सञ्जालमा लेख्छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । यो संघर्षमा सामेल योद्धा रेखा थापालाई भोट गर्न मोरङ जिल्लाबासीलाई आग्रह गर्दछु ।’
यस्तै नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल, नवराज सिलवाललगायतको घरदैलो कार्यक्रममा पनि करिश्मा हिंडिरहेकी छन् ।
