ललितपुर–३ भैसेपाटीमा नागरिक समाजले आयोजना गरेको पैदलयात्रा कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।चर्चित सञ्चारकर्मी सुरजसिंह ठकुरी र भूषण दाहाल लगायत युवाले आयोजना गरेको पदयात्रा कार्यक्रममा अध्यक्ष ओली सहभागी भएका हुन् ।
उक्त पैदलयात्रा कार्यक्रमा ललितपुरका प्रदेश ३ (२) प्रेमभक्त महर्जन र प्रेमभक्त महर्जन सहित नागरिक समाज र ललितपुर क्षेत्र नं ३ मा एमाले प्रतिनिधि सभाका उम्मेदवार अमृत खड्का र र बुद्धिजीवीहरुको पनि पदयात्रामा सहभागिता रहेको थियो ।
निर्वाचन सम्पर्क कार्यालयमा पैदलयात्रापछि ओली पुगेका थिए । त्यहाँ एमाले ललितपुरका इन्चार्ज एवं पोलिटब्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य एवं सह इन्चार्ज हरिकृष्ण व्यञ्जनकार, केन्द्रीय सदस्य बाबुराम थापा, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य बागमती प्रदेश सदस्य दामोदर थापा, जीवन खड्का, केशव आचार्य, प्रदेश कमिटीका सदस्य बाबुकाजी प्रधान, लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
ललितपुर क्षेत्र नं ३ का प्रदेश तथा प्रतिनिधि सभाका उम्मेदवारलाई अध्यक्ष ओलीले विजयको शुभकामना दिएका थिए ।
