आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत २ उम्मेदवारका लागि भरतमणि पौडेलले भोट मागेका छन्।
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट उम्मेदवार बनेका योगेश भट्टराई र सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गगन थापाका लागि भोट मागेका हुन्।
भरतमणिले आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, ‘मेरा लागि दुई ठाउँ खास छन्। एउटा जन्मथलो ताप्लेजुङ र अर्को कर्मथलो काठमाडौं। ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि (एमाले) उम्मेदवार योगेश भट्टराई र काठमाडौँ ४ बाट (कांग्रेस) उम्मेदवार गगन थापा चुनावी मैदानमा हुनुहुन्छ। म खुलेरै उहाँहरुका लागि भोट माग्दछु। किनकि उहाँहरुको काँध देशको जिम्मेवारी बोक्न सक्षम छ र हुनुपर्छ। योगेश भट्टराईलाई सूर्य चिह्नमा र गगन थापालाई रुख चिह्नमा अत्यधिक भारी मतका साथ विजय गराउन उक्त क्षेत्रका मतदाताहरुलाई आग्रह गर्दछु।’
‘यी अनुहारमा युवाहरुको भविष्य देखेको छु। आशाको दियो निभ्नु हुँदैन। विश्वास र चुनौतीका माझ इमान्दारिता र निष्ठाका साथ जिम्मेवारी लिएर नेतृत्व गर्ने भविष्यका दुई अभिभावकहरुलाई विजयको शुभकामना।’
