सत्तारुढ गठबन्धनलाई प्रतिगामीको आरोप नेकपा (एमाले) का अध्यक्ष एकेपी शर्मा ओलीले लगाएका छन् ।
ओलीले कालिकोटको रास्कोटमा चुनावी सभालाई सम्बोधन गर्दै सत्तारुढ गठबन्धनलाई हाँडी घोप्टेको आरोप लगाउँदै उनले आसन्न निर्वाचनमा सचेत रहन आग्रह गरेका छन् ।
कालिकोटको रास्कोटमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भागेर गएको राजतन्त्र फेरि ल्याउने प्रयास भइरहेको बताए । उनले भने, ‘प्रतिकृयावादी शक्तिहरूसँग साठगाँठलाई तोड्नुपर्छ,विकास र निर्माण अभियानमा एमाले लागेको छ ।’
