आइतबार (आज) कर्णालीका तीन वटा जिल्लामा आयोजित कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
कालिकोटको रोस्कोटमा आयोजित चुनावी सभलाई ओलीले बिहान सम्बोधन गरेर त्यसपछि दैलेखको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
एमाले प्रदेश अध्यक्ष विनोद शाहले दिएको जानकारी अनुसार ओलीले सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई दिउँसो १ बजेदेखि २ बजेसम्म सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
