
मंसिर ४ गतेको निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले दाबी गरेका छन् ।
उपाध्यक्ष पौडेलले शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै यस्तो दाबी गरेका हुन् । उनले विगतको भन्दा यस वर्ष आफूलाई असाधारण मतदाताहरूबाट साथ सहयोग रहेको उल्लेख गरे ।
‘हामीले जनताको अपार समर्थन प्राप्त भइरहेको देखिरहेका छौँ । यो समर्थन, सद्भावकाप्रति नतमस्तक भएर मतदाता महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । विगतका कुनै पनि मतान्तर भन्दा फराकिलो मतान्तरमा यसपटक प्रतिनिधिसभा र प्रदेश सभामा शानदार ढंगले हामी जित दर्ता गर्नेछौँ उनले भने।’
आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानसिक विकासका दृष्टिकोणले देशकै नमुना बनाउने उपाध्यक्ष पौडेलले उद्घोष पनि गरे । उनले जिल्लालाई विकासको नमुना र आर्थिक केन्द्र बनाउने प्रतिवद्धता जनाए ।
