नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जनताको पार्टी भएको र सत्ता गठबन्धनलाई हुँडार भएको बताएका छन् ।
अध्यक्ष ओलीले सुनसरीको धरानमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी भएकाले त्यसको प्रतिवाद गरिरहेको बताएका हुन्।
उनले भने, ‘पछिल्लो पल्ट त वामपन्थी आन्दोलनलाई थिति, विधि नियमअनुसार होइन । अंग्रेजीमा ‘हाइना’ भन्छ । नेपालीमा हुँडार भन्छ, त्यसले मारेर शिकार खाने होइन । ज्यूँदै खान्छ त्यसले, जिउँदै टोक्छ । ‘नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो । खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै टोक्याछ’, उनले भने, ‘उद्घोष पनि धेरैले गरे । भित्तामा टास्ने, धुलो बनाउने दिउँसै टर्च बालेर हिँडने र सिध्याउने भने ।’
जसपाका नेता अशोक राई आफ्नो उपाध्यक्ष भएको अध्यक्ष ओलीले सम्बोधन गर्ने क्रममा सुरुमै टिप्पणी गरे ।
