३० वर्ष कैद सजाय अदालतले तोकिएपछि फरार भएका प्रतिवादी को हुन् त ?

२२ कार्तिक २०७९, मंगलवार १३:४४

३० वर्ष कैद सजाय अदालतले तोकिएपछि फरार भएका प्रतिवादीलाई प्रहरीले प्रकाउ गरेको छ । सोमबार ठाकुरबाबा नगरपालिका ८ बस्ने २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

२०७३ पुस २४ गते जिल्ला अदालत बर्दियाको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे भगाएको मुद्दा समेत गरी जम्मा ३० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

२०७२ फागुन ५ गते राति अजिवले घरायसी रिसिईबीका कारण धारिलो हतियार दाउ प्रहार गरी ठाकुरबाबा नगरपालिका ८ बस्ने ६९ वर्षीय जोरा सिंह भन्ने जोरे थापालाई आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामागरी हत्या गरी फरार भएको भन्ने जानकारी प्राप्त भई तत्काल खटिएको प्रहरीले अजिबलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि २०७२ फागुन ३० गते बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको थियो।