रुमालै बाटेर टाई बनाम बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता आव्हान

२० कार्तिक २०७९, आईतवार १२:२२

फिल्म ‘तिम्रो मेरो साथ’मा समावेश गरिएको गीत ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता आव्हान गरिएको छ ।

साम्राज्ञी लक्ष्मी शाह र पुष्प खड्काको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ आगामी पुस २९ गते रिलिज हुदैछ । ‘तिम्रो मेरो साथ’ बाट निर्माता रमेश एमके पौडेल डेब्यु गरेका हुन् । उक्त फिल्ममा रहेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीत तिहारमा रिलिज भएको थियो । उक्त गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरिएको हो ।

फिल्मको यो गीतले यूट्यूबमा रिलिज भएको ७ दिनमा १.१ मिलियन भ्यूज पार गरेको थियो । यस प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीन वटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ । सहभागीले ह्यास रुमालै बाटेर, ह्यास तिम्रो मेरो साथ,ह्यास रमेश एमके पौडेल ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।

सहभागीहरूले यी ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ । यसको अन्तिम नतिजा पुस २६ गते घोषणा गरिनेछ । यो प्रतियोगिता फिल्मका अन्य गीतमा पनि ती गीत रिलिज भएसँगै क्रमशः लागु हुनेछ । फिल्ममा कुल ३ वटा गीत रहेका छन् ।

’रूमालै बाटेर टाई बनाम’ बोलको गीत सुभाष भुसालको संगीतमा तयार भएको हो भने शब्द वि पाण्डेले लेखेका हुन् । यस्तै गीतमा मेलिना राई र जगदिश समालको स्वर रहेको छ ।