किरण पौडेललाई जिताउन ओलीले गरे आह्वान

१६ कार्तिक २०७९, बुधबार १५:०९

काठमाडौं क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार किरण पौडेललाई जिताउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका छन्।

अध्यक्ष ओलीले काठमाडौंमा निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार पौडेललाई जिताउन आह्वान गरेका हुन्। उनले किरणलाई नजिकैबाट हेर्न र धब्बा देखियो भने त्यसको जिम्मा आफूले लिने बताए। ‘किरणलाई नजिकैबाट हेर साथि हो, दाग धब्बा देखियो भने हामी जिम्मा लिन्छौं।

दाग धब्बा देखिँदैन्, भ्रष्ट होइन, गर्दैन्,’ उनले भने, ‘त्यो प्रतिवद्धताका साथ देश बनाउने काममा लागेको देशभक्ति, स्वार्थका लागि विदेशीको अगाडि घुँडा टेक्ने होइन्, लेखाइमा दम नभएको अक्षरमात्र थुपार्ने मान्छे होइन।

शत्रुका लागि वाण र देश र जनताका लागि प्राण बनाउन सक्ने मान्छे हो।’ उनले किरणको प्रशंसा गर्दै २० घन्टा काम गर्दा नथाक्ने, युवा तर अनुभवि, युवा तर गन्तव्य बुझेको भन्दै प्रशंसा गरेका थिए। उनले अहिले गरिएका प्रतिवद्धताको हिसाब किताब खोज्नसक्ने बताए।